Monday, December 27, 2010

ओम सहकारीको अधिवेशन सम्पन्न

ओम सहकारीको अधिवेशन सम्पन्न
बागलुङ २४ पुस-
ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेश्रो साधारण सभा तथा अधिवेशन शनिवार एक कार्यक्रम बिच सम्पन्न भएकोछ ।
संस्थाका जेष्ठ शेयर सदस्य क्याप्टेन कर्णबहादुर शाहीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित कार्यक्रम बजेट सचिव के।वि।शाहीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नविन खड्काले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी नाफमुखी मात्र नभै सेवामुखी हुनु पर्ने र शेयर सदस्यहरुलाई सर्वसुलभ तरिकाबाट ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिएकाछन् । उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका सदस्य राजन शाक्य धवलागिरी एफ।एमका कार्यवाहक अध्यक्ष दयाराम पौडेल शेयर सदस्यहरुको तर्फबाट लक्ष्मण शर्माले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
अधिवेशनबाट सर्वसम्मतरुपमा नयाँ साचालक समितिको चयन गरिएकोछ । समितिको अध्यक्षमा आदरकुमार राजभण्डारी उपाध्यक्षमा रुद्रबहादुर महत सचिव के।वि।शाही सह सचिव विरेन्द्रप्रसाद शाक्य कोषाध्यक्ष नविन खड्का र सदस्यहरुमा राजकपुर श्रेष्ठ स्वदेशकुमार श्रेष्ठ राजन शाक्य विश्व मल्ल हुमादेवी खड्का कुशुम बुढा सुदर्शन शाक्य हरिराम अधिकारी रहनु भएकोछ । यसै गरी विरेन्द्रप्रसाद शाक्यको संयोजकत्वमा लेखा समितिको चयन गरिएको छ । समितिका सदस्यहरुमा विपिन्द्र श्रेष्ठ लक्ष्मण शर्मा रहनु भएकोछ । त्यसै गरी ऋण उपसमितिमा राजकपुर श्रेष्ठ र सुदर्शन श्रेष्ठ चयन गरिएको छ । त्यस्तै शिक्षा उपसमितिमा के।वि। शाही दयाराम शर्मा शारदा के।सी। र माजना राजभण्डारीलाई चयन गरीएको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई अन्ठानब्बे हजार दुई सय रुपयाँ लाभांश बाडेको र एक करोड सात लाख छियालिस हजार रुपयाँको कारोवार भएकोसचिव के।वि। शाहीले जानकारी गराउनु भएकोछ । आ।व। २०६६÷०६७ मा नियमित मुद्दती बचत गर्ने शेयर सदस्यहरु मध्ये उत्कृष्ठ हुने पहलबहादुर शाही आवधिक बचतमा शुलभ लामिछाने चल्ती बचतमा पुजादेवी अर्याल र असल ऋणीकार्ताको रुपमा चन्द्रकला घर्तीलाई सम्मान गर्दै पुरस्कार एवं प्रमाण पत्र प्रमुख अतिथि के। कर्णबहादुर शाहीले वितरण गर्नु भएको थियो ।
संचालक समितिका अध्यक्ष आदरकुमार राजभण्डारीको अध्यक्षता सदस्य विश्व मल्लको स्वागत सदस्य हुमादेवी खड्काको धन्यवाद ज्ञापन र सदस्य रुद्रबहादुर महत र सचिव के।वि। शाहीको साचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment