Tuesday, January 11, 2011

नेशनल प्याब्सनको स्थापना दिवस सम्पन्न

नेशनल प्याब्सनको स्थापना दिवस सम्पन्न
बागलुङ २७ पुस-
राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसियसन नेपाल नेशनल प्याब्सन को स्थापना दिवस समारोह मंगलवार एक कार्यक्रम बिच सम्पन्न भएको छ ।
नेशनल प्याब्सन जिल्ला समितिको आयोजनामा १४ औं स्थापना दिवसको अवसरमा बागलुङ कारागार शाखामा रहेको पुस्तकालयको प्रयोजनको लागि आवश्यक पुस्तकहरु प्रमुख अतिथि मुक्तिसिहं ठकुरीले कारागार शाखाका प्रमुख टिकाराम आचार्यलाई पुस्तक सूची सहित हस्तान्त्रण गर्नु भएकोछ । शाखाका प्रमुख टिकाराम आचार्यले पुस्तकहरुले बन्दीगृहमा रहेका बन्दीहरुलाई ज्ञान प्रदान गर्न मदत गर्ने छ र आगामी दिनमा पनि यस्तै सहयोग प्रदान गर्न र बन्दीगृहमा प्रौढ शिक्षा संचालन गर्न माग गर्नु भएकोछ ।
जिल्ला शिक्षा अधिकारी मुक्तििसंह ठकुरीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमा प्रमुख अतिथि ठकुरीले कारागारका बन्दिहरुलाई पुस्तक वितरण जस्तो पुण्यकार्य गरेकोमा धन्यवाद दिदै यस्तो अनुकरणीय रचनात्मक सामाजिक सेवाले बन्दीगृहलाई सुधारगृहमा परिनत गर्ने विश्वास लिएको बताउनु भयो । विशिष्ठ अतिथि तथा नेशनल प्याब्सनका केन्द्रिय सदस्य रेशमबहादुर के।सी।ले बन्दीगृह जीवनबाटै आफ्नो कृति र रचना लेखेर कयौ व्यक्तिहरु महापुरुष शिखरपुरुषहरु विश्व प्रसिद्ध भएको चर्चा गर्नु भएको थियो ।
नेशनल प्याब्सन जिल्ला समितिका अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षता निराजनलाल राजभण्डारीको स्वागत र सचिव चन्द्रबहादुर क्षेत्रीको साचालनमा कार्यक्रम सम्पन्न भएको थियो । करागारको पुस्तकालयलाई पैतिस सय रुपयाँ बराबरको अड्तिस थान पुस्तकहरु उपलब्ध गराएको कोषाध्यक्ष के.वि. शाहीले जानकारी गराउनु भएको छ ।

No comments:

Post a Comment